पछिल्लो २४ घण्टामा देशभर २,०७७ जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जनाको कोरोनाका कारण निधन भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५० हजार १६२ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या ९ हजार २९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हाे। संक्रमितको कुल संख्यामध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन्। आज मात्रै १ हजार ३३३ जना निको भएका छन्।
मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन्।