नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खाजेको भन्दै कर्मचारीहरु कार्यालयमा विरोध जनाएका छन्। विरोध स्वरुप कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन्।
निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले विरोध जनाएका हुन्।