प्रधानमन्त्री केपी शर्मा ओलीले रुपा प्रकरणमा आफ्नो विचार राखेका छन्। तर, उनले प्रत्यक्ष केही भनेका छैनन्। ओलीले मंगलबार सप्तरी सदरमुकाम राजवीराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुलअ माध्यमबाट शिलन्यास गर्दै भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्दको विषय नभइ सम्पन्नताको प्रतीक भएको बताएका छन्।
‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ। यो हाम्रो सम्पदा, सम्पन्नता हो, समृद्धि हो,’ ओलीले शिलन्यास कार्यक्रममा भने, ‘यसलाई हामीले मनमुटावको विषय बनाउनुहुन्न। द्वन्दको विषय बनाउनुहुन्न।’
प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँर्ड हुने पनि बताएका छन्। ‘भवन निर्माणको काम छिट्टै गुणस्तरीय रुपमा सम्पन्न हुनेछ।’ उनले भने।