पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको छ भने २३ जनाको कोरोनाका कारण निधन भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ भने मृत्यु हुनेको कुल संख्या ९ हजार २४८ पुगेको छ। संक्रमितको कुल संख्यामध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन्। आज मात्रै २ हजार २११ जना निको भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन्। तीमध्ये ५९१ जनाको आईसियु र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।