अन्ततः दशदिनको घनिभुत बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ। यसउपरको बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुद्दाको अर्को पेसी २८ असारका लागि तोकेका छन्।
सर्वोच्चका सञ्जारविज्ञ किशोर पौडेलले प्रतिनिधिसभा विघटनसम्बन्धी रीटको सुनुवाइ सकिएको जानकारी दिँदै २८ असारका लागि पेसी तोकिएको जनकारी दिएका छन्। रिट निवेदक १४६ जना सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जबाफी बहस सोमबार सकिएपछि दिउँसो २ बजेदेखि एमिकस क्युरीले आफ्नो राय राखेको थियो। एमिकस क्युरीमा नेपाल बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी चयन भएका थिए।
प्रतिनिधिसभा विघटनसम्बन्धिको यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद र डा. आनन्दमोहन भट्टराइको इजलासमा सुनावाई भएको थियो।