नेपालमा थप एक हजार ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७ सय ३९ पुगेको छ।
मुलुकभर थप चार हजार ८ सय ७६ जनाको पिसिआर परीक्षण तथा तीन हजार २५६ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पिसिआर विधिबाट एक हजार ४२ तथा एन्टिजेनबाट ५ सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ।
हालसम्म छ लाख नौ हजार २ सय १८ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५ सय ५२ सङ्क्रमित निको भएर घर फर्किएका छन्।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २७ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय ४ सय ६१ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा ३ सय ४२, ललितपुरमा ८८ तथा भक्तपुरमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।