मझुवागढी नगरपालिकाकाको स्थापना दिवसका अवसरमा दतित समुदायका व्यक्तिहरुलाई आवश्यक पर्ने सामग्रीहरु वीतरण गरिएको छ। नगरपालिकाको चौथो स्थापना दिवसको अवसरमा नौमती बाजा र आरन वीतरण गरिएको हो।
नगरपालिकाका मेयर नारायण रिजालले दिक्तेल बजारको परियार एकता समाजलाई नाैमती बाजा र एक आरन व्यवसायीलाई आरन हस्न्तान्तरण गरे। नगरपालिका श्रोतले व्यवसायिक उत्थानका लागि ती सामग्रीहरु हस्तान्तरण गरिएको बताएको छ।