नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेपछी सडकमा आवागमन रोकीएको छ। यो सडकखण्ड पहिरोका कारण बिहानैदेखी अवरुद्द थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार फेरि ठूलो ढुंगा खसेपछी आवागमन नै ठप्प भएको छ। ट्राफिक प्रहरीले दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो।