नेपालमा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा सात हजार १ सय ३० जनाको पिसिआर तथा तीन हजार ८ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८ सय ५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै सोही अवधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन्। सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ। हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।