हाजीपुरमा एक किशाेरीको अपहरण गरेर सामुहिक बलात्कार गरी हत्या गरिएको छ। स्थानियका अनुसार पाँच जनाको समुहका आएका व्यक्तिहरुले घरको झ्याल फुटाएर १४ वर्षिय किशाेरीको अपहरण गरेका थिए। उनीहरुले किशाेरीको सामुहिक बलात्कार गरेर हत्या गरी शव झाडिमा फ्याकेको प्रहरीले जानकारी दिएको छ।
किशाेरीको शव अबेर राती झाडिबाट बरामद भएको थियो। बालिकाका अभिभावक बिवाह समारोहमा गएको मौका छोपीकिशाेरीको अपहरण गरिएको थियो। घरमा किशाेरीका हजुरबुवा मात्र थिए। घरमा सुतीरहेको बेलामा आरोपीहरुले किशाेरीको अपहरण गरेका थिए।
प्रहरीले घटनामा संलग्नताको शंकामा ३ जना आरोपीहरुलाई पक्राउ गरेको छ। दुई जना आरोपी अझै फरार छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान र फरार आरोपीहरुको खोजीकार्य तिव्र पारेको छ। किशाेरीको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।
घटनापछी आक्रोशित स्थानियवासीहरुले आरोपीहरुको घरमा हमला गरेर तोडफोड गरेका छन्।