नेपाली सेनाका सहायक रथीमाथि ठगि मुद्धाका अभियुक्तलाई उन्मुक्ती दिन लागिपरेको आरोप लागेको छ। प्रदेश २ को सिरहास्थित नम्बर २७ बाहिनि चोहर्वाका सहायक रथी हेमराज केसीले ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाएको आरोप लागेको हो।
ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक मल्ल नातामा सहायक रथी केसीका सम्धी पर्ने समेत खुलेको छ। आफ्ना व्यापारिक साझेदार राजकिशोर गुप्तासँग जग्गा खरिद प्रकरणमा ठगी मुद्दामा परेका उनलाई केसीले जिल्ला प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा उन्मुक्ती दिएको आरोप पिडित पक्षको छ।
उनलाई उन्मुक्ती दिलाउनका लागि केसीले धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक प्रकाश रानाभाट र सरकारी वकिल सिताराम अर्याललाई समेत दबाबमा पारेको श्रोतले बताएको छ। प्रहरीद्वारा पक्राउ पुर्जी जारी भएका ब्यक्ती लाई यसअघी बाहिनिपती आफैले पदको रवाफमा चार दिनसम्म धनुषाको महेन्द्रनगरस्थित सेनाको ब्यारेकमा लुकाएर राखेको समेत श्रोत बताउँछ।
प्रहरीको फरार अभियुक्त सुचिमा रहेका मल्ललाई चार दिनसम्म ब्यारेकमा लुकाएर केसीले आफ्नै गाडीमा जनकपुर पु¥याएका थिए। जिल्ला प्रहरी कार्यालय हाँजिर हुनुपर्ने मल्ल सिधै सरकारी वकिलको कार्यालय पुगेर बर्दिवास पुगेका थिए। स्वास्थ्य समस्याको कारण देखाएर छाडिएका मल्लको मुद्ध र रिहाईका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी र डिएसपीबिच नै मनमुटाव भएको श्रोतको दाबी छ।
उता मुद्धापश्चात बौक खाता रोक्का गरिएकाले सरकारी वकिलको कार्यालयले पनि मुद्धा खारेज गर्ने तयारीमा लागेको दावी श्रोतको छ। पदिय मर्यादा र दायित्व समेत बिर्सेका बाहिनीपतीले जिल्लामा खटिएका सैनिक जवानहरुका लागि आएको कोभिसिल्ड खोपको समेत दुरुपयोग गरेको आरोप छ। जवानहरुलाई लगाउनुपर्ने खोप जनकपुरका केही उनि निकट ब्यवसायीहरुलाई उपलब्ध गराएको समेत खुलेको छ।
त्यसका लागि सोही बाहिनी का सेनानी (मेजर) दिपेन्द्र न्यौपानेले मध्यस्तता निभाउने गरेको श्राेतले बतायाे। उनकै सहजिकरणमा सेनाका जवानले लगाउनुपर्ने ठुलो परिमाणको कोरोना खोप ब्यवसायीहरुले पाएको श्रोतको दावी छ।
सहायक रथी केसीले समेत मल्ललाइ सरकारी वकिलकाे कार्यालयमा पुर्याएकाे स्विकार गरेका छन्। आफ्नो सम्धी भएको नाताले मल्लको सहयोग गरेको केसीले बताए।