प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमको प्रशंशा गरेका छन्। निगम ६४ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमनत्री ओलीले शुभकामना सन्देश जारी गर्दै निगमको सराहना गरेका हुन्।
निगमले कोरोना भाइरस महामारीको समयमा स्वास्थ्य सामग्री संकलन र नेपाल ल्याइपुर्याउन निर्वाह गरेको सशक्त भुमिकाको प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरेका छन्। उनले भने, ‘आफ्नो श्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफुँले पुर्याउनुपर्ने सेवा प्रदान गर्न एवं राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भुमिका खेलेको छ।’
प्रधानमन्त्री ओलीले निगमले आगामी दिनमा पनि आफ्नो भुमिका अझ सशक्त रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे। ‘आफ्नो सेवालाई विश्वनिय एवं पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पुरा गर्न निगम सफल बन्नेछ भन्ने विश्वास लिएको छु,’ उनले थपे।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमले आगामी दिनहरुमा थप दृढतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्दता जाहेर गरेका छन्। बिहिबार एक प्रतिवद्दता पत्र जारी गर्दै पौडेलले भने, ‘नेपालको पर्यटन विकाशमा उल्लेख्य योगदानसहित विकाशको क्षेत्रमा योगदान गर्दै गरेको निगमले आफ्नो व्यवसायिक धर्मलाई थप दृढतापुर्वक आत्मसात गर्नेछ।


निगमको ६३ औँ स्थापना दिवसको अवसरमा जारी भएका शुभकामना सन्देशहरु

