नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ गरी जम्मा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन्। योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।