प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहकुल बहादुर थापाको नाम अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयले सोमबार बेलुकी प्रधान कार्यालयलाई पत्र लेख्दै थापाको बढुवाको सिफारिस गरिएको जानकारी गराएको छ।
केहि दिनअघि मात्र केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)बाट सरुवा भएका थापा नेपाल प्रहरीभित्र एक काविल अफिसरको रुपमा चिनिन्छन्।
