र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएको छ। राजापुरस्थित कर्णाली नदीको सत्तीघाटको पुल भत्किँदा स्थानीयवासीलाई आवातजावातमा सास्ती भोग्नु परेको छ।
बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किँदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ। कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुरतर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याब) भत्किएको हो।