सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्पुर्ण हवाई उडानहरु खोल्ने निर्णय गरेको छ। सरकारले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुलाउने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ। यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ।

