उपाध्यक्ष ममता महतोका कारण पटेर्वा सुगौली गाउँपालिकाका कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ। उनले आफ्नै नाममा निवेदन माँग गर्दै तोक लगाउदै कार्यान्वयन समेत आफैँले गर्न थाले पछि कर्मचारीमा त्रास फैलिएकाे हो। जेठ १९ गते उपाध्यक्ष महतोले तीन वटा यस्तै निवदेनमा तोक लगाएकी छन्। तोक लगाएको निवेदनलाई दर्ता समेत आफैँले गरेकी छन्।
जेठ १९ गते उपाध्यक्ष महतोले गाउँपालिकाको स्टोरमा राखिएको तीन थान बोरिङ आफैले स्टोरको ताल्चा खोलेर बितरण गरेकी थिइन। गाउँपालिकामा दिइने निवेदनमा अध्यक्षलाई सम्बोधन गर्ने चलन छ। त्यस्तो निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले तोक लगाउने अभ्यास छ। उपाध्यक्षको नाममा निवेदन दिने र उपाध्यक्षले नै तोक लगाउने कुरा अख्तियारको दुरुपयोग भएको स्थानीय शासन बिज्ञको टिप्पणी छ।

पटेर्वा सुगौली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भूजेन्द्र यादवले समेत उपाध्यक्षले तोक लगाउने कुरा प्रचलनमा आएको आफूँलाई थाहा नभएको बताए। पालिकाको कृषि शाखाका कर्मचारीले आवश्यक प्रक्रिया पुरा गरि बोरिङ दिने निर्देशन भएको जानकारी दिदा समेत उपाध्यक्ष महतोले गैर कानूनी काम गरेको बताएका छन। गाउँपालिका प्रमुख हनिारायण रौनीयारले बोरिङ बितरणकोलागि आफूले प्रक्रिया पुरा गरेर बितरण गर्न कर्मचारीलाई आदेश दिएको एक कर्मचारीले बताए।
'मैले आदेश गरेको थिए, मैले रोकेको थिइन। किसानलाई दिनकै लागि बोरिङ ल्याइएको हो,' अध्यक्ष चौधरीले भने, 'उपाध्यक्षलाई के भयो, उहाँले हुदै नभएको अधिकार प्रयोग गर्नु भएछ।' उपाध्यक्ष महतोले भने अध्यक्षको अनुपस्थितिमा आफूले काम गरेको दावी गरेकी छन्र। उनले स्थानीय शासन संचालन ऐनले गरेको प्रवन्धअनुसार आफूले काम गरेको दावी गरेकी छन। उनले पहिला आवश्यक सल्लाह र परामर्श हुन्थ्यो त्यही अनुसार जनप्रतिनिधिको हैसियतमा आफूले पनि जनताको माँग सम्बोधन गर्दै आएको बताइन। उपाध्यक्ष महताेले यसपाली नीतिगत रुपमै भेदभाव गरिएको बताइन।
तर रोचक कुरा त के छ भने गाउँपालिका अध्यक्ष त्यो मितिमा गाउँपालिका भन्दा बाहिर गएको देखिदैन। उपाध्यक्षलाई कार्यवाहक समेत दिएको औपचारिक कागजात कार्यालयमा छैन। यस्तोमा उपाध्यक्षको दावीमा दम देखिदैन। त्यसमा पनि निवेदनको सम्बोधन नै उपाध्यक्षलाई गरिएको छ। त्यो आफै प्रक्रियागत देखिदैन। तोक लगाउने अख्तियारी पनि उपाध्यक्षलाई छैन। पियनसंग रहेको ताल्चा खोसेर बोरिङ झिकेर बितरण गर्ने कुरा उपाध्यक्षको असल दायित्व भित्र नपर्ने हुँदा पालिकाका कर्मचारीहरु कतिबेला कहाँ फस्ने हो भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन।
गाउँपालिकामा कोभिड संक्रमण नियन्त्रण र रोकथामकालागि गरिएको प्रयासमा उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सहयोग नगरेको एक कर्मचारीले बताएका छन। गाउँपालिका अध्यक्ष बिरामी भएका कारण कार्यालय आउन नसक्ने सूचना दिएपनि कोभिड बिरुद्ध आइसोलेशन निर्माणमा केही जनप्रतिनिधिले सहयोग नगरेको गाउँपालिका स्रोतले जनाएको छ।
आइसोलेशन निर्माणको नीतिगत निर्णय गरेर डिसीसीएमसीमा पाठाउनु पर्नेमा निर्णय नगरिदिदा पठाउन ढिलो भएको अध्यक्ष चौधरीले बताए। 'राजनीतिक लडाई त भइरहन्छ तर कोभिडको संक्रमणबाट आफनो गाउँपालिका भित्रका जनताको जीवन रक्षाको बिषयमा साथीहरुले राजनीति नगरेको भए हुन्थ्यो,' अध्यक्ष चौधरीले भने। उपाध्यक्ष महतोले भने आफूहरुले कुनै असहयोग नगरेको दावी गरिन।