पुर्वराजनीतिकर्मी एवम् पत्रकार जीवन मगरको निधन भएको छ। शैचालयमा लडेर घाइते भएका ६३ वर्षिय थापाको सोमबार उपचारको क्रममा निधन भएको हो। विहिबार घाइते भएका उनको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको थियो। मस्तिष्कमा गम्भिर चोट लागेको कारण उनको मृत्यू भएको चिकित्सकले बताएका छन्।
थापा झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए। त्यति बेला १६ वर्षभन्दा कम उमेरका भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो। त्यतिबेला उनी नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनासँगै भागेका थिए।
राजनीति त्यागेपछी मगर पछिल्लो लामो समयदेखी पत्रकारीतामा संलग्न थिए। उनका श्रीमती र दुई छोरी छन्। मगरको मृत्युप्रति नेकपा एमालेका नेता माधव कुमार नेपालले दुःख व्यक्त गरेका छन्।