नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले नेपालको कर्मचारीतन्त्र माथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा बिहानै स्ट्याटस लेख्दे उनले कर्मचारीहरुको काम गर्ने तरिकाले गर्दा मुलुक पछि परेको बताएका छन्।
नेपालमा रेल ल्याउने क्रममा कर्मचारीको काम गर्ने घुमाउरो तरिकाको कारण समस्या झेल्नपरेको दावी गरे। ‘मलाई रकम निकाशा गर्न अर्थ मन्त्रालय जानु पर्दा कसाहीखाना गए झै लाग्छ,’ उनी लेख्छन्, ‘त्यहाँ साँढेहरु मात्रै बस्छन भन्ने भान हुन्छ।’
महाप्रवन्धक भट्टराईको स्ट्याटस जस्ताको त्यस्तै
नेपालको कर्मचारी सम्रचनाको सटीक नमुना :
पोहोरसाल ठीक यसैबेला म आएपछी तयार भएर भारतको हाजीपुरमा सुतेको रेल नेपाल ल्याउने भनेर जोड गरे। किनभने नेपाल भारत दुबै ठाउँमा लकडाउन थियो। जे भएपनि हाम्रो रेल नेपाल ल्याएर राख्नु पर्छ भनेर नेपाल ल्याइयो।
नेपाल ल्याउन भंसार क्रस गर्नु पर्ने थियो। हामीले अर्थ मन्त्रालयलाइ भन्यौ - नेपाल सरकारको रेल, नेपाल सरकारले किन भंसार तिर्नु? अर्थबाट निकासा चाहिएन, भंसार छुट भएको पत्र दिनुस।
अर्थ मन्त्रालयका अधिकारीहरुको जवाफ आयो - भंसार लाग्ने १९ करोड हामी तत्काल दिन्छौ, तपाइ भंसार तिरेरै रेल ल्याउनुस।
यसो किन गर्नु पर्यो? सरकारको पैसा, सरकारकै खातामा हाल्न यत्रो प्रकृयामा किन लाग्नु?
अर्थका अधिकारीहरुको जवाफ थियो - पैसा लगे खर्च गरेको पनि देखिने, पैसा खातामा आए राजस्व धेरै उठाएको पनि देखिने।
ति मुर्खहरुले विचमा एउटा कुरा छुटाए - अर्थबाट पैसा झिक्नु र भंसार तिर्ने काममा कर्मचारीले लगभग एक महिना बितायो। उसको तलव खर्च बिना कारण राज्यको राजस्वबाट गयो।
यो एउटा उदाहरण मात्रै हो। यस्ता थुप्रै केस छन्। हामी किन पछी छौ भन्ने एउटा नमुना यही हो। मलाइ रकम निकाशा गर्न अर्थ मन्त्रालय जानु पर्दा कसाहीखाना गए झै लाग्छ। त्यहाँ साँढेहरु मात्रै बस्छन भन्ने भान हुन्छ।