मृत अवस्थामा फेला परेकी एक युवतीको बारेमा प्रहरीले जाहेरी लिन नमानेपछी बिवाद शुरु भएको छ। बिवाह भएको १ महिना नबित्दै वेठ १४ गते रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी थिइन्। पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी २३ वर्षिया विष्णु बराल बिवाह भएको २७ दिनमा आफ्नै घरमा मृत फेला परेकी हुन्।
बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिवाह भएको थियो। रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक घर भएका प्रदिप भट्टराईसँग बिष्णुको राजिखुशी बिवाह भएको थियो।
घर पक्षले युवतीले आत्महत्या गरेको दावी गरेपनि त्यसको कुनै प्रमाण नदेखीएको भन्दै माइती पक्षले शंका व्यक्त गरेको छ। ‘ भुन्डिएर मरेको भन्छ तर झुन्डिएको अवस्थामा न त प्रहरीले देख्यो नत माईती पक्षले नै देख्यो,’ युवतीका एक आफ्न्तले भने। उनका अनुसार प्रहरीले अझै जाहेरी लिन मानेको छैन।
प्रहरी नआउँदै मृतकको शव झिकिएको र यति दिनसम्म पनि प्रहरीले जाहेरी लिन नमानेको भन्दै युवतीको माइती पक्षले घटनाको सत्यतथ्य बाहिर निकाल्न माग गरेका छन्।