भारत उत्तर प्रदेशको लखनउनमा १४ वर्षिया किशोरीको सामुहिक बलात्कार भएको छ। घरमा आमासँग बिवाद भएपछी घर छाडेर निस्किएकी १४ वर्षिया किशोरीलाई ६ जनाले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
किशोरी घरबाट निस्किएपछी उनका बाबुले स्थानिय प्रहरीमा उजुरी दर्ता गराएका थिए। प्रहरीले किशोरीको खोजि गरीरहेको थियो। यसै दौरानमा किशोरीमाथी सामुहिक बलात्कार भएको हो। प्रहरीले घटनाका ६ जना आरोपीलाई पक्राउ गरिसकेको छ।
घरबाट निस्किएपछी बाटोमा भेटिएका एक ई–रिक्सा चालकले आफुँलाई खाना र जागीरको लोभ देखाएर आफ्नो कोठामा लगरे बलात्कार गरेको किशोरीले बयान दिएकी छन्। आरोपी ई–रिक्सा चालकले कोठामा पुगेपछी आफ्ना ५ जना साथीलाई बोलाएर किशोरीको बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार इकराुद्दीन, शकील, उत्तम शर्मा, मोहम्मद नफिस, नुर मोहम्मद र रितेश यादवले किशोरीको सामुहीक बलात्कार गरेका हुन्।