ट्यांकर चालकहरू आन्दोलीत बनेका छन्। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आज एक विज्ञप्ती जारी गर्दै खोपको व्यवस्था नभएसम्म इन्धन ओसार–पसार नगर्ने बताएको छ। संघले यस्तो विज्ञप्ती जारी गरेसँगै नेपाल पेट्रोलियम पद्धार्थको अभाव हुन सक्ने सम्भावना बढेको छ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभइएसम्म इन्धन ढुवानी गर्दैनौं।’ उनका अनुसार आइतबारदेखिनै थानकोट डिपोबाट तेल ढुवानी गरिएको छैन।
