उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्। उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठक दिउँसो दुई बजे बस्न लागेको हो। बैठकले यहि सोमबारदेखी सकिन लागेको निषेधाज्ञाअघि नयाँ योजना बनाउनेछ।
श्रोतका अनुसार निशेधाज्ञा एक थप्ने तयारी भइरहेको छ भने यसपटकको निशेधाज्ञा तुलनात्मक रुपमा खुकुलो पारीनेछ। हाल जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको छ। अब भने एक घन्टा थपेर १० बजेसम्म खुल्न दिने प्रशासनले तयारी थालेको छ।
स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भीडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाइ जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।