जनकपुरका व्यवसायीले व्यवसाय सञ्चालन गर्न कोरोना विरूद्धको खोप उपलब्धका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आज यहाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै ४० दिनदेखि बन्दाबन्दीले उद्योग र व्यापार धरासायी हुन लागेकोतर्फ ध्यानाकर्षण गराएका छन्।
व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे बजारलाई सहज बनाउन सङ्घ आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको ज्ञापन पत्रमा उल्लेख छ। व्यवसायीले पेशागत बाध्यताले प्रत्यक्ष जनसम्पर्कमा रहनु पर्ने भएकाले व्यवसायी कोरोना सङ्क्रमण उच्च जोखिम रहेकाले अब सञ्चालन हुने खोप अभियानमा व्यवसायीलाई प्राथमिकता राख्न आग्रह समेत गरेका छन्। रासस