राष्ट्रिय युवा संघ नेपालले ‘भ्याक्सिन’ स्वयमंसेवक परिचालनका लागि ‘विशेष निर्देशन’ जारी गरेको छ। संघका अध्यक्ष किरण पौडेलले यसअघि गरिएको घोषणा अनुसार ‘भ्याक्सिन’ स्वयमंसेवक परिचालन गर्न लागिएको बताए।
‘नेपालमा कोभिड–१९ को शुरुआती चरण देखी नै हाम्रो संगठनले यस्को नियन्त्रण, रोकथाम, राहत तथा उद्वारलगायतका माध्यमबाट देशव्यापी रुपमा युवा स्वयमसेवक परिचालन गर्दै आएको छ,’ अध्यक्ष पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, ‘खोप सेवालाई अझ प्रभावकारी बनाउन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा भ्याक्सिन भोलेन्टियर परिचालन गर्ने निर्णय गरेको छ।’
युवा संघले कार्यसुचिको आधारमा आ–आफ्नो क्षेत्रमा प्रभावकारी रुपमा कार्य गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ।
