यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका–४ का अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिएका हुन्।
यही जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए।