बाराको निजगढ–सिंगौल सडकखण्डमा सवारी दुर्घटनामा परी एक युवक घाइते भएका छन्। निजगढबाट सिंगौलतर्फ गईरहेको ना ७ त ५६३५ नम्बरको ट्र्याक्टरले दिशातर्फ गइरहेको ना ४१ प ६०४१ नम्बरको मोटरसाइकललाई ठक्कटर दिँदा मोटरसाईकल चालक घाइते भएका हुन।
घाइते हुनेमा निजगढ–७ निवासी १८ वर्षिय प्रकाश तामाङ घाइते भएका हुन्। उनको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा सवार अंकित थापालाई सामान्य चोट लागेको छ।
दुर्घटनापछी ट्र्याक्टर चालक फरार भएका छन्। ट्र्याक्टर निजगढ २ निवासी रामबाबु तिमिल्सीनाको रहेको बताइएको छ।