भारत बिहारको बेगुसरायमा एक व्यक्तिले सम्बन्धविच्छेद भइसकेपछी पुर्व श्रीमतीको माईतिघरमा आगो लगाइदिएका छन्। आरोपी मोहम्मद मुख्तारले पुर्व श्रीमती हलीमा खातुनको माइतीका सबै सदस्यलाई घरभित्र थुनेर आगो लगाइदिएका हुन्। घटनामा दुई जनाको मृत्यु भएको छ।
आगोले जलेर हलीमाकी ७० वर्षिया आमा सलेखा खातुन र १६ वर्षिया छोरी आसमा खातुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हलीमा र ३ जना बच्चा गम्भिर घाइते भएका छन्। हलीमाकाे अवस्था गम्भिर छ। घाइते सबैलाइ अस्पताल भर्ना गरीएकाे छ। मोहम्मदले ४ वर्षअघि हलीमासँग सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेदपछी हलीमा आफ्ना तीन बच्चासहित माइतीमै बस्दै आएकी थिइन।

प्रहरीका अनुसार मोहम्मद राती ३ बजे आफ्ना सहयोगीहरुको साथमा त्यहा पुगेका थिए। उनीहरुले बाहिरबाट घरमा चुक्कुल लगाईदिएर मट्टीतेल छर्कीएर आगो लगाईदिएका थिए। प्रहरीले घटनास्थलमा माेहम्मदकाे साइकल, चप्पल र तेलकाे डिब्बा बरामद गरेकाे छ। उनीहरूकाे खाेजी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।