भारत मध्यप्रेशको राजधानी भोपालमा शुक्रबार खोला किनारमा एउटा शव भेटियो। सुँगुरले खाइरहेको अवस्थामा प्रहरीले त्यो शव फेला पारेको थियो। त्यसरी बेवारीसे अवस्थामा शव फेला परेपछी प्रहरीले त्यसको बिषयमा अनुसन्धान शुरु गर्यो। अनुसन्धानको क्रममा प्रहरीले ती युवकको नाम मोहन रहेको पत्ता लगायो, मोहन भोपालको कोलार इलाकाका बासिन्दा थिए।
अनुसन्धानको क्रममा ती युवक आफ्नो भाउजु र भतिजासँग बस्दै आएको जानकारी पायो र सोधपुछका लागि भाउजुलाई हिरासतमा लियो। प्रहरी सोधपुछको क्रममा ती महिलाले दिएको बयानले प्रहरीलाई आश्चर्यचकित बनाएको छ। ती महिलाले आफ्नो देवरको हत्या गरेको स्विकार्दै तीनै देवरसँग मिलेर ५ वर्ष पहिले आफ्नै श्रीमानको पनि हत्या गरेको बयान दिएकी छन्। प्रहरीले महिलाको बयानअनुसार खोजबिन गर्ने क्रममा जमिनमा गाढीएको कंकाल फेला पारिसकेको छ।
देवरसँग प्रेमसम्बन्धमा रहेकी ती महिलाको योजनामा नै श्रीमानको हत्या गरेर आफ्नै घरमा गाडेका थिए। श्रीमानको हत्यापछी उनीहरु सँगै बस्दै आएका थिए। पछिल्लो समय महिला र मोहनबिच बिवाद बढ्न थालेको थियो। युवकको शव महिलाका छोराले खोला किनारमा लगेर फ्याकेका थिए।