के तपाईको कुनै स्टार्टअपको योजना आर्थिक अभावका कारण रोकीएको छ? यदि तपाईसँग राम्रो योजना छ भने यसपटक सरकारले तपाईलाई सघाउने भएको छ। शनिबार बजेट भाषणको क्रममा अर्थमन्त्री पौडेलले युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यका साथ परियोजना धितो राखी ऋण उपलव्ध गराईने बताए।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा १ प्रतिशत ब्याजमा २५ लाख रूपैयाँसम्म 'बिउ पूँजी कर्जा' उपलब्ध गराउने बताए। उनले स्टार्टअप व्यवसायको दर्ता नवीकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिएको छ। यसका लागि एक अर्बको च्यालेन्ज फन्ड स्थापना पनि गरिएको पौडेलले बताए।