चिन सरकारले उपलव्ध गराउन लागेको १० लाख डोप लिन नेपाल वायु सेवा निगमको जहान बेइजिङ जान लागेको छ। निगमका महाप्रवन्धक डिमप्रकाश शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन।
आफुँलाई विभिन्न व्यक्तिहरुले जिज्ञासा राखेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘सम्माननिय राष्ट्रपतिज्युको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेबा निगम को ए३३० वाईडबडी बिमान बेईजिङ पठाउने तयारी गर्दैछौ।’
राष्ट्रपती विद्या देवी भण्डारीसँगको टेलिफोन वार्ताका क्रममा चिनिया समकक्षी तथा चिनका राष्ट्रपती सि जिन पिङले चिनले सहयोगस्वरुप खोप उपलव्ध गराउने बताएका थिए। महामारीको समयमा अक्सिजन सिलिण्डर जुटाउनेदेखी अन्य विभिन्न कामहरुमा निगमले उल्लेख्य भुमिका निर्वाह गरिरहेको छ।