विश्वको सर्वोच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरिसके ५१ वर्षीय कामी रीता शेर्पाले। तर, अब उनी फेरी सगरमाथा आरोहण गर्न सक्छु की सक्दिन भन्नेमा सशंकित भएका छन्। एउटा सपनाको कारणले गर्दा शेर्पाले यस्तो बताइरहेका छन्।
शेर्पाका अनुसार २६ औँ पटक आफ्नो ‘क्लाइन्ट’ सँग पश्चिम क्वाम घाटीमा सगरमाथा आरोहणको तयारी गरीरहेका थिए। त्यहा उनले एउटा सपना देखे, जसका कारण उनी द्विविधामा परेका छन्। सपनाको बारेमा भने उनले केहि बताइरहेका छैनन्। उनले यसपटक सगरमाथा आरोहण नगरोस भन्ने देवीले चाहेको मात्र बताइरहेका छन्। यसैकारण उनी बाटोबाट नै फिर्ता भएका छन्। सपनामा देवीले ‘बस भयो, धेरै भयो’ भनेकाे उनले बताए।
कामी रीता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै किर्तिमान भङ्ग गर्दै नयाँ विश्व किर्तिमान कायम गरिसकेका छन्। उनले २५ औँ पटक उनीसँग थप ११ जना शेर्पाहरु थिए जसको काम रस्सी ठिक अवस्थामा राख्नु थियो। आफ्नो आगामी आरोहणको बिषयमा उनी आश्वस्त छैनन्। उनी मात्र यती भनिरहेका छन् की सायद देवीको यहि इच्छा छ। यद्दपी उनले सबै ठिक भएमा फेरी सगरमाथा आरोहण गर्न सक्ने बताए।
आरोही शेर्पाहरुले सगरमाथालाई देवी सरह पुज्ने गर्छन्। आरोहण शुरु हुनुअघि उनीहरु एउटा पुजा गर्छन र सगरमाथामा कदम राखेकोमा उनीहरु देवीसँग माफि माग्छन्।राेयटर्स