भारत उत्तर प्रदेशको मुजफ्फरपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली प्रहार गरेर हत्या गरेका छन्। श्रीमतीको हत्यापछी उनी आफ्ना ३ बच्चाहरुलाई लिएर फरार भए। यसैविच हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार श्रीमतीले १५ दिनदेखी शारिरीक सम्बन्ध राख्न नमान्दा बिवाद भएपछी आरोपीले गोली प्रहार गरेर हत्या गरेका थिए। उनले आफ्ना बच्चाहरुलाई पानीको नहर फ्याकीदिएको प्रहरीसँग बयानको क्रमा बताएका छन। बच्चाहरुको शव अहिलेसम्म नभेटिएको प्रहरीले जानकारी दिएको छ।
मृतक महिलाको आरोपीसँग १० वर्ष पहिले बिवाह भएको थियो। त्यसभन्दा अघि उनी आरोपीका दाईको श्रीमती थिइन्। दाईको मृत्यु भएपछी उनीहरुको बिवाह भएको थियो।