प्रशासनले काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्न थालेको छ। थप गरिएको एक हप्ताको निषेधाज्ञामा उपत्यकाभित्र किराना पसलसमेत खोल्न दिइने छैन। माछा–मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ।
तर यो निर्णयको चौतर्फी आलोचना भएपछी नागरिकको सहजताका लागि नयाँ व्यवस्था गरिएको छ। यो अवधिमा खाद्यान्न किन्न परे निम्न सम्पर्क नम्बरहरुमा फोन गर्न सकिनेछ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३
