वीरगञ्जमा नेकपा एमालेका पुर्वउपाध्यक्ष (हाल पार्टीबाट निष्काशीत) डा. भिम रावलको पुतला दहन गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन भारतीयहरुले भिड लागेको भन्ने भ्रामक सन्देश प्रवाह गरेको भन्दै उनको पुतला दहन गरिएको हो।
‘नेपालकै स्थापित तथा मधेसको शान र महत्त्वपूर्ण ठाऊ वीरगञ्जलाई बदनाम गराउने हिसाबले हिजो इन्डियनहरुले नागरिकता लिईरहेको सफेद झुठो बोल्ने खस पहाडीया अहन्कारवादी र पितृसत्तात्मक सोचबाट ग्रसित भिम रावलको पुतला दहन गरेका हौ,’ आन्दोलनको नेतृत्वकर्ता तथा एमालेका युवा नेता अमिताभ बच्चन दासले भने।
उनले राष्ट्रपतिढारा जारि भएको नागरिकता विधेयक आम मधेसी र महिलाको पक्षमा भएको बताए। नेता दासले भने, ‘यसको विरोध गर्नेहरू मधेस र महिला मुक्तिको विरोधीहरु हुन।’
लाखौ नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा गरेको हुनाले पुतला दहन गरीएको उनले बताए। उनले थपे, ‘विगतदेखि नै मधेशलाई अपमानित गर्दै आएका रावलले पर्सा जिल्ला र नागरिकताको विषयमा गरेको टिप्पणी अराजकता र उदण्डताको पराकाष्टा हो।’