नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन्। कांग्रेस प्रचारप्रसार विभाग प्रमुख समेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका हुन।
प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिए। प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताएका। “म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु”, उनले भने।
प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्सकको मार्ग निर्देशनप्रति आभारी भएको बताए। काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।रासस