उत्तर प्रदेश –भारत उत्तर प्रदेशको सहारनपुर जिल्लाको मन्झार गाउँमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ। बलात्कारीहरुले बलात्कारपछी युवतीलाई जहर खुवाएर हत्या समेत गरिदिए। बलात्कार गर्ने युवाहरु सोही गाँउका हुन।
युवतीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले दुई युवकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। उनीहरु राती युवतीको घरमै गएर बलात्कार गरी जहर खुवाएर फरार भएका थिए। युवतीको आवाज सुनेर बिउझिएका परिवारले उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
घटनापछी मन्झार गाउँमा तनवको स्थिती बनेको थियो। स्थिती नियन्त्रणका लिनका लागि जिल्लाका उच्च अधिकारीहरु नै घटनास्थल पुगेका थिए। युवतीको शव पोष्टमार्टमको लागि राखिएको छ।