नेपालका युवा हास्यकलाकार आदर्श मिश्राका बुवा विनोद मिश्राको निधन भएको छ। मृगौला रोगका पिडीत उनको आज बिहान निधन भएको हो। बिरामी बुवाको उपचारका लागि भौतारिरहेका आज बिहान मात्र एउटा भावुक स्ट्यास आफ्नो फेसबुकमा लेखेका थिए। उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।
वीरगञ्जको नारायणी अस्पतालमा लापरवाही पुर्ण तरिकाले उपचार भइरहेको भन्दै उनी भरतपुर लगेका थिए। मिश्राको भनाई उद्घृत गर्दै वीरगञ्जका युवा अभियन्ता आशु सर्राफले भने, ‘नारायणी अस्पतालमा मान्छे मारदिन्छन। यहाँ डाक्टर चेक गर्न आउँदैनन्, नर्सलाई पीपीई समेत लगाउँन आउँदैन। बुवाको ४ घण्टाको डायलिसीस अढाई घण्टामा सकाई दिए। म यहाँ उपचार गराउदिन, बुवालाई लिएर भरतपुर जाँदै छु, उहाँको अवस्था ठिक छैन।’
अभियन्ता आशुले मिश्राको बुवाको निधनको जिम्मेवारी सबैले लिनुपर्ने बताए। ‘उसको बुवाको मृत्युको जिम्मेवार हामी सबै हौँ, नारायणी अस्पतालको दयनीय अवस्थामा पनि कुनै कदम नउठाउने, आवाज नउठाउने हामी पनि उत्तिकै दोषी छौँ। अस्पतालको समस्याका बारेमा समय(समयमा हामीलाई जानकारी हुँदापनि केही गर्न नसक्नु हाम्रो गल्ती हो।’