भारत उत्तर प्रदेशको भदोही जिल्लामा एकजना कसाईले सम्पतीको लागि आफ्नै भाईबुहारीको हत्या गरेका छन्। उनले भाईको एक वर्षका छोराको पनि हात र खुट्टा काटिदिएका छन्। बच्चाको अवस्था अहिले गम्भिर छ। सम्पती बिवादका कारण नौशाद नाम गरेका व्यक्तिले यो हत्याकाण्ड मच्चाएको प्रहरीले जानकारी दिएको छ।
भदोहीका एसपी राम बदन सिंहले आइतबार राती घटना भएको जानकारी दिए। नौशादले आफ्ना ४२ वर्षिय भाई जमील र ३८ वर्षिय बुहारी रुबीको निर्ममतापुर्वक हत्या गरेका हुन्। ‘सम्पतीको बिवाद चलिरहेको थियो,’ एसपी सिंहले भने, ‘मासु काट्ने धारीलो हतियार प्रयोग गरेर हत्या गरिएको छ।
घटनापछी नौशाद आफ्नो आमालाई लिएर फरार भएको एसपी सिंहले जानकारी दिए। प्रहरीले आरोपीको खोजी र घटनाको थप अनुसन्धान गरिरहेको छ।