भारतको उत्तर प्रदेशकाे अयोध्यामा एउटा निकै दर्दनाक घटना घटेको छ। दश वर्षभन्दा साना ३ जना बच्चासहित एकै परिवारका ५ जनाको हत्या भएपछी त्यहाँको माहोल तातेको छ। यद्दपी प्रहरीले हत्या कस्ले गरेको हो भन्ने पत्ता भने लगाइसकेको छैन्।
यो घटना अयोध्याको जनपदस्थित इनायतनगर थाना क्षेत्रको हो। जहाँ धारीलो हतियार प्रयोग गरेर ३ बच्चासहित उनीहरुको आमाबाबुको समेत हत्या गरियो। मृतक बच्चाहरुमध्ये २ जना केटा हुन भने एक जना केटि।
यो सामुहिक हत्याकाण्ड सम्पतीको बिवादबाट भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। सामुहिक हत्यापछी फरार भएका हत्याराहरुको संख्या कति थियो भन्ने समेत पुष्टि भइसकेको छैन।
घटनाको बारेमा जानकारी पाएपछी त्यहाँका उच्च अधिकारीहरुले समेत घटनास्थल पुगेका थिए। कोरोना महामारीविच भारतका विभिन्न स्थानहरुमा हत्या, बलात्कारजस्ता घटनाहरु उल्लेख्य मात्रामा भइरहेको छ।