वीरगञ्जका डा. मुराद हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगञ्जको वीरगंज हेल्थ केयर हस्पिटलमा कार्यरत डा. मुरादको उपचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो। वीरगंज महानगरपालिका वडा नम्बर ३ चपकैयाँ निवासी मुराद २९ वर्षका थिए।
वैशाख २१ गते कोभिड परिक्षण हुदाँ डा. मुरादसहित ५ जना डाक्टरमा संक्रमण देखिएको थियो। वीरगंज हेल्थ केयर मै उपचार भईरहदाँ स्वास्थ्यमा सुधार नआएपछी १० दिनपछि जेठ १ गते उनलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।
डा. मुराद १ महिनाअघिमात्र बङ्गलादेशबाट एम.बि.बि.एसको पढाई सकेर नेपाल फर्किएका थिए।