काठमाडौं – कोरोना नियन्त्रणका लागि अष्ट्रेलीयन सरकारलेनेपाल सरकारलाई ६३ करोडभन्दा बढीको सहयोग गर्ने भएको छ। कोरोना नियन्त्रणमा आवश्यक पर्ने सहयोग नेपालमा कार्यरत अष्ट्रेलीयन सरकारको साझेदार निकायहरुमार्फत उपलव्ध गराईने नेपालस्थित अष्ट्रेलीयन राजदुतावासले जानकारी दिएको छ।
अष्ट्रेलीयाले ६३ करोड ५० लाख बराबरको सहयोग गर्ने निर्णय गरेको हो। ‘यो सहायताले स्वास्थ्य सम्बन्धी आवश्यकताहरू, अक्सिजन र पिपिइसहित अन्य आवश्यक स्वास्थ्य सामग्रीहरुको आपुर्तीका लागि प्रदेश अस्पतालहरुलाई सहयोग पुर्याउनेछ,’ दुतावासद्वारा जारी सन्देशमा भनिएको छ।
अष्ट्रेलीयाले प्रदान गर्ने सहयोग बढी प्रभावित क्षेत्रहरुमा उपलव्ध गराइने पनि सन्देशमा उल्लेख गरिएको छ।