कोरोना संक्रमितहरुले अब ३० वटा निजी अस्पतालहरुमा निशुल्क उपचार पाउने भएका छन्। सरकारले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले बताएअनुसार आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचा
रको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ।