नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक (आइजिपी) खड्गजित बरालको निधन भएको छ। लामो समयदेखी बिरामी रहेका बरालको आज निधन भएको हो। बरालको निधनप्रति दुःख व्यक्त गर्दै पुर्व आईजीपी कुबेर सिंह रानाले आफ्नो फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘नेपाल प्रहरीका भीष्म पितामह सदृष विशालतम् मुर्धन्य व्यक्तित्व तथा बहुआयामिक प्रतिभा एवं चरित्रका धनि हाम्रा गौरवशाली धरोहर श्रद्धेय पूर्व प्रहरी महानिरीक्षक, पूर्व राजदूत तथा पूर्व राष्ट्रिय पञ्चायत सदस्य श्री खड्गजित बरालज्यू हाम्रा माझ रहनु भएन।’ उनले लेखेका छन्, ‘नेपाल प्रहरीको आधुनिकीकरणका दिशामा थुप्रै महत्वपूर्ण आधार स्तम्भहरुको स्थापना एवम् कोशे ढुंगाहरुको निर्माणका लागि चिरपरिचित व्यक्तित्व हाम्रा तथा नेपाल प्रहरीको सांगठानिक स्मृतिका पानाहरुमा सदा जिवन्त रहिरहनु हुनेछ।’