नवलपरासी पश्चिममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएको युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीया अविनाश राजभर रहेका छन्।
बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो। त्यसपछि ५०–६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको भनाइ छ।
गोली लागेर गम्भीर घाइते भएका राजभरको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।