महामारी व्यवस्थापनको लागि अर्थ मन्त्रालले थप २ अर्ब ९५ करोड २०बजेट दिने भएको । अर्थ मन्त्रालयले विभिन्न केन्द्रिय निकाय तथा प्रदेश सरकारमातहत रहेका अस्पतालहरुको लागि सो बजेट निकासा गरेको हो।
अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न २६ अस्पताल र ९ वटा प्रादेशीक अस्पतालमा भेीन्टलेटर, अक्सिजन प्लान्ट, र अक्सिजन ट्याङ्क निर्माण गर्न २ अर्ब ९५ करोड २० करोडसम्मको खरिद प्रकृया शुरु गर्न सहमती जनाइएको छ।
अस्पताल तथा सम्बन्धित निकायको आग्रहअनुसार अर्थ मन्त्रालयले सहमती जनाएको हो।

