नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणका कारण निधन भएको छ।
थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान करिव ४ बजे उनको मृत्यू भएको परिवानिकट श्रोतले जानकारी दिएको छ।
निर्मला दुई साताअघि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना भएकी थिइन्। केहिदिनयता स्वासप्रस्वासमा समस्या देखिएपछी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।