कोरोना संक्रमणका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत उनको साँझ ६ बजे निधन भएको हो।
संघका महासचिव सुजितकुमार श्रेष्ठले एक साताअघि उनलाई केएमसी अस्पताल भर्ना गरिएको जानकारी दिए। भेन्टिलेटरमा राखेर उपचार भइरहेका गैरेको मृत्युप्रति संघले शोक व्यक्त गरेको छ।
अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत हुन् ।