कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको अवस्थामा नागरिकहरु सरकारको काम कारवाहीबाट खुशी छैनन्। केन्द्रिय सरकारदेखी स्थानिय निकायसम्मको भुमिकामाथी प्रश्नचिन्ह लागिरहेको छ। यसकाबावजुद केहि यस्ता सरकारमातहतका निकायहरु पनि छन् जसले यो महामारीमा उच्च मुल्याङ्कन गर्न सकिने खालका भुमिका निर्वाह गरिरहेका छन्।
त्यसैमध्यको एक हो राष्ट्रिय ध्वजावाहक नेपाल वायू सेवा निगम। अहिले फैलिरहेको कोरोना भाइरस महामारीबाट हुने क्षती न्युनिकरणका लागि अक्सीजन निकै महत्वपुर्ण देखिएको छ। तर, अक्सिजन सिलिन्डरको उपलव्धता भने दयालाग्दो छ।
यहि अक्सिजन सिलिण्डर जुटाउने कार्यमा अहिले नेपाल वायु सेवा निगम लागिपरेको छ। चिनले अनुदानस्वरुप नेपाललाई दिएको २ हजार थान सिलिण्डरमध्ये ४ सय थान राष्ट्रिय ध्वजावाहकले गत मगंलबार क्षमताअनुसार नेपाल ल्याई पुर्यो। सिलिण्डर ल्याउनका लागि चार्टड विमानको प्रयोग गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा निगमले बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन पुनः चीनको राजधानी बेइजिङ उडान पठाइने भएको छ। यो कार्यका लागि निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल आफैँ खटिएका छन्। यसका लागि उनले उच्च व्यवस्थापकिय भुमिका निर्वाह गरिरहेको नगमका कर्मचारीहरु बताउछन्।
महानिर्देशक पौडेलले निगमको वाइडबडी जहाज ए–३३० उडान नम्बर आरए ४२५१ उक्त खाली सिलिन्डर लिन मे १५, १६, १७ र १८ तारिखमा बेइजिङ जान लागेको बताए। यस्तै विभिन्न निकायबाट सहयोगस्वरुप उपलव्ध गराइएको अन्य ३ सय १३ थान सिलिन्डर चिनबाट नेपाल ल्याउनका लायि व्यवस्था मिलाइएको उनले बताए।
निगमको जहाजले यसअघि चीनबाट ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सर्नटेटर ल्याएको थियो। कोभिड–१९ महामारीको असहज अवस्थामा उद्धार उडान तथा अत्यावश्यक सामग्री ओसारपसारमा निगमका जहाज विपद्का उडान सारथी बनिरहेका छन्। यसअघि कोभिडको पहिलो लहरका क्रममा पनि निगमका वाइडबडी जहाजले चीनका विभिन्न शहरबाट औषधिजन्य सामग्री तथा उद्धार उडान गरेको थियो ।
अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको जनाइएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० र दुई न्यारोबडी ए–३२० जहाज छन्।
यस्तै गैर आवासिय नेपाली संघ (सोसियल क्लब) ओमनको सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६ सय थान अक्सिजन सिलिन्डर लिन आगामी शनिवार ओमानको राजधानी मस्कट जाने प्रयास गरिरहेको पनि महानिर्देशक पौडेलले जानकारी दिए।