भारतको पञ्जाबमा एक प्रहरी अधिकारी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्। बठिन्डाका सहायक प्रहरी निरीक्षक गुरविन्दर सिंहलाई स्थानियवासीहरुले रङ्गेहात समातेर प्रहरीको जिम्मा लगाएका हु्न्। प्रहरी विभागले सिंहलाई तत्काल कारवाही गरी निलम्बन गरेको छ।
सिंहले एक एकल महिलामाथी जबरजस्ती करणीको प्रयास गरेका थिए। उनले ती महिलालाई पछिल्लो ३ महिनादेखी सताइरहेको बताइएको छ। गुरविन्दरले महिलालाई समस्यामा पार्नका लागि महिलाको २० वर्षिय छोरालाई अफिमको झुटो मुद्दा लगाएर फसाएको समेत खुलाशा भएको छ।
कोरोनाको लक्षण देखिएका कारण घरमै आइसोलेस बसेका पिडीतको छोरालाई पक्राउ गरेपछी सिंहले महिलासँग २ लाख भारु माग गरेका थिए। उनले महिलाको साथमा रहेको ६० हजार भारु समेत खोसेर लगेका थिए।
महिलाले आफुनो छोरालाई छुटाउका लागि आफन्तसँग १ लाख भारु मागेर बुझाएको बताएकी छन्। पैसा लिएपछी पनि सिंहले आफ्नो छोरालाई नछोडेर शारिरीक सम्बन्ध रख्न भनेको महिलाले बयान दिएकी छन्।
महिलाले गाउँलेहरुलाई यसबारेमा जानकारी दिएर मदत मागेपछी गाँउका मुखियाले महिलाको घरमा सिसिटिभी लगाइदिएका थिए। योजनाअनुसार महिलाले मगंलबार राती ८ बजे सि.हलाई आफ्नो घरमा बोलाएकी थिइन्।
महिलाको घरमा पुगेर सिंहले आफ्नो कपडा खोल्नेवित्तिकै गाउँलेहरु पुगेर उनलाई नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार आरोपी सिंहले पक्राउ परेपछी आत्महत्याको प्रयास गरेका थिए।